Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘अर्जुन रेड्डी’ नेपाली भर्सनको नायक–नायिकाका लागि अडिसन हुँदै, तपाईंकाे उमेर पुग्याे कि !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 8.6K
    SHARES

काठमाडौं । सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि नायक–नायिको खोजी अडिसन बाट गरिने भएको छ । निर्माण तथा वितरणको अुनमति लिएको युवा फिल्म्सले चलचित्रका लागि कलाकारको अडिसन गर्ने तयारी गरेको छ ।

विशाल सापकोटाको निर्देशनमा बन्न लागेको चलचित्रको १ वर्ष अघि नै निर्माण घोषणा भए पनि कोरोनाका कारण पछि सरेको हो । निर्माण कम्पनीका अनुसार केही दिनमै अडिसन हुनेछ ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित ‘अर्जुन रेड्डी’लाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५ करोड १० लाखको कमाइ गरेको गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

गतवर्ष प्रदर्शनमा आएको ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबिर सिंह’ले ३ अर्ब ७९ लाखभन्दा बढीको कमाइ गरेको थियो । फिल्ममा बलिउड अभिनेता शाहिद कपूर र कियार एडवानीको मुल्य भूमिका रहेको छ ।

केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्ने चलचित्रको अडिसनका लागि नायकका लागि २५ देखि ३० र नायिकाका लागि २० देखि २२ वर्षका व्यक्तिले सम्पर्क गर्न आह्वान गरेको छ । यस्तै फिल्मले सर्पोटिङ कलाकारका लागि पनि अडिसन लिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४