Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा फेरि देखिन थाल्यो कोरोना, महाराष्ट्रमा सार्वजनिक भेला हुन रोक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 5.1K
    SHARES

भारत,/ भारतमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुनः देखिन थालेको छ । भारतको महाराष्ट्र राज्यमा कोरोना संक्रमण बढ्न थालेपछि आज (सोमबार) देखि राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक समेत लगाइएको छ ।

आइतबार टीभीमार्फत नागरिकलाई सम्बोधन गर्दै महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले केही दिनसम्म भीडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाइनेगरी प्रतिबन्ध घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ । लकडाउनबाट मात्र कोभिड-१९ समाधान हुँदैन तर भाइरसको फैलावटलाई रोक्न यो एक मात्र विकल्प हो ।’

संक्रमण बढेसँगै नासिकमा राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू लगाइएको छ । खाद्य र नागरिक आपूर्ति, उपभोक्ता मामिला मन्त्री छागन भुजबालले सोमबारदेखि लागु हुने गरि रात्रिकालिन कर्फ्यू लगाइएको बताएका हुन् ।

यद्यपि दुध, अखबार, अस्पताल सेवाहरू जस्ता अत्यावश्यक सेवाहरू भने यसमा नपर्ने बताइएको छ । यस्तै, महिनाको अन्त्यमा थप समीक्षा हुने बताइएको छ । उता, जिल्ला कलेक्टर जितेन्द्र पापलकरले अकोला, मूर्तिजापुर र अकोटमा फेब्रुअरी २३ देखि मार्च १ सम्म लकडाउनको घोषणा गरेका छन् । यता, ओडिशा सरकारले कोभिड १९ को सुरक्षा मार्गनिर्देशनहरूको कडा कार्यान्वयन सुनिश्चित गर्न सबै जिल्ला कलेक्टरहरूलाई निर्देशन दिएको छ ।

भारतमा केही दिनयता ६ राज्यमा संक्रमित बढेपछि कोरोनाको दोस्रो लहर आउनसक्ने चिन्ता देखिएको छ । पछिल्लो समय पुष्टि भएका संक्रमितमा नयाँ भेरियन्ट पनि देखिएको छ। जुन यसअघि बेलायतमा देखिएको थियो। संक्रमितको संख्या फेरि बढ्नु र नयाँ भेरियन्ट देखिँदा भारतमा दोस्रो लहर आउनसक्ने विज्ञहरूले अनुमान गरेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, निको हुनेभन्दा संक्रमितको संख्या बढी हुन थालेको छ। संक्रमण बढ्दै गएका ६ राज्यमा महाराष्ट्र, केरल, मध्यप्रदेश, गुजरात, राजस्थान र दिल्ली छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४