Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघीय सरकारले स्पष्ट निर्णय नगर्दा वन पैदावारको उपयोगमा समस्या


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 2.7K
    SHARES

काठमाडौं, /। संघीय सरकारले स्पष्ट निर्णय नगर्दा वन पैदावारको उपयोगमा समस्या देखिएको छ ।

गत माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेपनि सामुदायिक वन समूहको वन पैदावार सदुपयोगबारे स्पष्ट निर्णय नगर्दा वन व्यवस्थापनका क्रममा कटान भएका काठको सदुपयोगमा समस्या परेको छ ।

वैज्ञानिक वन कार्यक्रमबाहेकका वन क्षेत्रमा सालका काठ दाउराको कटान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट प्रक्रिया पुर्‍याएर खुलाउने निर्णय भएको थियो ।

तर यसबारे डिभिजन वन कार्यालयहरुमा स्पष्ट निर्देशन नआउँदा देशभर काठ संकलन र सदुपयोगका लागि अनुमति रोकिएको छ ।

वन सदुपयोगका लागि अनुमति दिन माथिल्लो निकायसंग स्पष्ट निर्देशन माग गरेपनि अझै निर्णय नआएको वन कर्मचारीको भनाई छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वनमा काठ कुहिने तर उपभोक्ताले काठको अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरेको छ ।

अहिले सुख्खायाम शुरु भईसकेकोले वन क्षेत्र डढेलोको जोखिममा रहेको छ ।

यस्तो अवस्थामा वनभित्र रहेका काठ सदुपयोग नहुने हो भने आगजनीको चपेटामा पर्न सक्ने र काष्ठ पैदावारको अभाव झन बढ्ने सरोकारवाहरुको चिन्ता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४