काठमाडौं,/गत साता लगातार घट्न थालेको सुनको मूल्य तीन दिनपछि पुनः बढेको छ ।शुक्रबारको भन्दा सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
आइतबारका लागि कारोबार मूल्य प्रतितोला ८९ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गत शुक्रबार तोलामा एक हजार रुपैयाँले घट्दा प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सामान्य बढेको छ ।
२५ रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ भएको महासंघले जनाएको छ ।गत शुक्रबार ३० रुपैयाँले घट्दा चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७८४ र चाँदी प्रतिऔंस २७ डलरमा कारोबार भइरहेको छ ।