Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘अर्जुन रेड्डी’ नेपाली भर्सनको ‘लिड’ कलाकारका लागि अडिसन हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 2K
    SHARES

काठमडौं,/सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागि चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा वितरणको लागि अुनमति लिएको युवा चलचित्रले अहिले चलचित्रको लागि कलाकारको अडिसन लिने तयारी गरिरहेको छ ।

चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । करिब १ वर्ष अघि नै निर्माण घोषणा गरिएता पनि कोरोनाका कारण चलचित्र केही समय पछि सरेको थियो ।

चलचित्रको लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । केही महिना अघि नै अर्जुन रेड्डीको रिमेक बन्ने समाचार बाहिरिएको थियो । यो चलचित्रमा केही नायकहरुको नाम समेत जोडिएको थियो । युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसन दिनको लागि Contact@yuwafilms.com मा इमेल गर्न सकिने जनाइएको छ ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित यस चलचित्रलाई सन्दिप रेड्डी भङगले निर्देशन गरेका हुन् । उक्त चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । बलिउड अभिनेता साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४