Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवालाई पौडेलको प्रश्न : अदालतमा सेटिङ भएको हो ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ८ २०७७
  • 6.2K
    SHARES

सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई अदालतसँग सेटिङ मिलाएको हो भनेर प्रश्न गरेका छन् ।

संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसमा अहिले दुई धार छ । वरिष्ठ नेता पौडेल समूह संसद पुनर्स्थापनाको पक्षमा भभिन दबाव दिएपनि सभापति शेरबहादुर देउवा ‘अदालतले जे भन्छ, त्यही मान्नुपर्छ’ भन्दै आएका छन् ।

त्यसतर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले इनरुवामा कार्यकर्ता भेलाबाट प्रश्न गरे, ‘अदालतमा सेटिड भएको हो ? होइन भने किन अदालतले जे गर्छ त्यही मान्छौं भनिँदैछ ?’

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचमा शक्ति पृथकिकरणको सिद्धान्त अनुसार एउटामा छलफल भइरहेको बिषय अर्को ठाँउमा छलफल गर्नु हुन्न भनिएको भन्दै उनले कहिले काँही संसदमा पनि कुरा उठ्ने गरेका बताए । उनले भने, हामीले पनि कहिले काँही प्रश्न गरेका छौं । अहिले त हामीले संविधानको रक्षा गर्ने दायित्व बोकेका छौं । हामी बेखरबर बस्न मिल्दैन ।’

संसद विघटन हाक्काहाक्की संविधानमाथिकै अतिक्रमण भएको भन्दै उनले संविधान जोगाउनुपर्ने प्रमुख दायित्व भएको बताए । वरिष्ठ नेता पौडेलले अघि भने, ‘संविधान जोगाएपछि चुनाव त आज नभए भोलि, भोलि नभए पर्सि हुन्छ नै ।’

संसद विघटनलाई पार्टीले असंवैधानिक भनेको स्मरण गर्दै उनले प्रश्न गरे, असंवैधानिक ढंगबाट गराएको चुनावमा हामी कसरी जाने ? यो हाम्रो आफ्नै निर्णय विपरित हुन्छ । पञ्चायतले गरेका चुनाव संवैधानिक नभएकाले हामीले बहिष्कार गरेका हौं । ज्ञानेन्द्रले गराएको चुनाव पनि बहिष्कार गरेका हौं । त्यसैले संसद पुर्नस्थापना गरेर संविधान जोगाउनुको विकल्प छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४