Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘मेरो चाहना होइन, प्रदेशसभा भंग हुनसक्छ’शेरधन राई !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 6.1K
    SHARES

विराटनगर । सरकारको आयु लम्ब्याउन प्रदेशसभा छलेको आरोप खेप्दै आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । त्यसबेला मुख्यमन्त्री राईले आरामले अविश्वासको प्रस्ताव सामना गर्छु भनेका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता पनि लिएका छन् । तर राईलाई आफ्नो सरकार जोगाउन पुग्ने मत छैन । प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था आएपछि सत्तारुढ पक्षले प्रदेशसभा नै अवरुद्ध गरेको छ ।

अर्को बैठक ९ फागुनमा बोलाइएको छ । त्यसअघि बिहीबार ओली पक्षका नेताहरुले प्रचण्ड–माधव समूहका नेताहरुलाई भेटेर अविश्वासको प्रस्ताव फिर्ता लिन वा पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय पर्खिन आग्रह गरेका थिए । तर प्रचण्ड–माधव समूहले सहमति जनाएको छैन ।

मुख्यमन्त्री राईले भने ९ गतेको बैठक सञ्चालनका लागि सहमति हुनुपर्ने बताएका छन् । ‘हामीले बैधानिक प्रश्न उठाएका हौं । यसको निरुपण कहीँ न कहीँ हुनपर्‍यो’ अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड–माधव पक्षमा लागेका १६ प्रदेशसभालाई कारबाही गर्ने निर्णय गरेका मुख्यमन्त्री राईले भने, ‘या त गल्ती रियलाइज गर्नुपर्‍यो या त सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्नुपर्‍यो ।’

नभए कांग्रेसले पोजिसन क्लियर नगरेसम्म बैठक सञ्चालन हुन नसक्ने अवस्था रहेको उनले बताए ।

कांग्रेसले प्रस्तावको पक्ष वा विपक्षमा निर्णय गरेको छैन । कांग्रेसले निर्णय नगरेसम्म बैठक सञ्चालन गर्न नहुने उनको तर्क छ । ‘कांग्रेसले आफैले निर्णय गर्न सक्ने अधिकार पाएको छैन, केन्द्रले पनि केही निर्णय गरेको छैन’ उनले भने ‘अहिले प्रस्ताव टेवल गर्ने हो भनेपनि स्वतः फेल हुने देखिन्छ ।’

तर प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव अगाडि बढाउन हतार गरिरहेको उनले बताए । मुख्यमन्त्री राईले अघि भने, ‘सबैको परामर्श लिएर सहज बातावरणमा बैठक सञ्चालन गर्न सक्ने हुँदा सभामुखले अगाडि बढाउन सक्नुहुन्छ । त्यस्तो नहुँदा सूचना टाँसेर बैठक स्थगित गर्न सक्नुहुन्छ ।’

प्रदेशसभा भंग हुनसक्छ

मुख्यमन्त्री राईले प्रदेशसभा नै भंग हुनसक्ने पनि बताए । ‘म त्यो पक्षमा छैन, तर उहाँहरु (प्रचण्ड–माधव समूह)को रबैयाका कारण त्यहाँ नपुग्ला भन्न सकिन्न’ उनले भने ।

आफू विघटनको पक्षमा नरहेको भन्दै उनले भने, ‘अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएकै बिहान अधिवेशन आह्वानका लागि सिफारिस मैले गरेको हो, यदि त्यस्तो हुन्थ्यो भने त्यस अघि (प्रस्ताव दर्ता अघि) नै विघटनको सिफारिस गर्न सक्ने अवस्था हुन्थ्यो नि । तर म त्यस(विघटन) को पक्षमा छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४