Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिरामीमाथि बढ्यो आर्थिक चाप, अब चिकित्सकले बिरामी जाँच्दाको शुल्क ८ सय २५ रुपैयाँसम्म लिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ५ २०७७
  • 2.4K
    SHARES

काठमाडौं, फागुन ५ । चिकित्सकहरुले बुधबारदेखि आफूले जाँच्ने विरामीको शुल्क बढाएका छन् ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार विज्ञप्ति निकाली डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी दिएको हो ।

संघ र अफिनका अनुसार बढाइएको शुल्क बुधबारदेखि नै लागु गरिने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग माघ ४ गते चिकित्सकहरूको परामर्श शुल्क ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फिती तथा शुल्क परामर्श समितिको सिफारिश अनुसार नयाँ परामर्श शुल्क तोकेको संघ र अफिनको भनाइ छ ।

जसअनुसार अब, पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्षभन्दा बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तथा एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरको शुल्क ८ सय २५ हुनेछ ।

बिरामीमाथि बढ्यो आर्थिक चाप, अब चिकित्सकले बिरामी जाँच्दाको शुल्क ८ सय २५ रुपैयाँसम्म लिने

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४