Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ५ २०७७
  • 3.7K
    SHARES

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्‍यो, स्थानीय पनि खोजीमा निस्किए ।

बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले । त्यही प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीया दिनेश भट्ट पनि सहभागी थिए ।

तर, भट्टको बलात्कारपछि हत्यामा उनकै संलग्नता पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले  बताए । प्रहरीले भट्टलाई जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरेर बुधबार दिउँसो ११ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकामा भट्टलाई यसअघि पनि बोलाएर सोधपुछ गरिएको थियो ।

‘सोधपुछ गरे पनि अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आधार देखिएकाले तीन जनालाई क्लोज सर्भिलेन्समा राखेका थियौं’, उनले सुनाए, ‘अन्त्यमा सबै वस्तुस्थिति र प्रमाणले भट्ट नै घटनामा संलग्न भएको देखियो ।’

प्रहरी निगरानीमा रहेका व्यक्ति नै प्रदर्शनमा आउन थालेपछि संघर्ष समितिका व्यक्तिसँग आन्दोलनलाई रोकिदिन पनि अधिकृतहरुले आग्रह गरेका थिए ।

विद्यालयबाट पछ्याउँदै आएर हत्या

हत्याका लागि बलियो कारण समेत उनले बयानका क्रममा खुलाएका छन् ।

दुई परिवारबीच लामो समयदेखि रहेको विवादका कारण प्रतिशोध साँध्न हत्या गरेको भट्टले बयान दिएका छन् । स्रोतका अनुसार उनले विद्यालयबाटै पछ्याउँदै आएको भनेका छन् ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि उनलाई घचेटेको आरोपीको बयान छ ।

त्यसक्रममा झाडीमा लडाएर हत्या गरेको उनले भनेका छन् ।

जिल्ला अस्पताल बैतडीमा भएको पोष्टमार्टम रिपोर्टले भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो । उनलाई घिसारिएको जस्तो संकेत झाडी मडारिएकाले पनि देखिएको थियो । जबरजस्ती तानेकै कारण शरीरका विभिन्न भागमा पनि चोट देखिएको थियो ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं खटिएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुको नेतृत्वमा टोली खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४