Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भागरथी हत्या प्रकरणमा एक शंकास्पद व्यक्ति पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ४ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतले बताएअनुसार घटनामा उनको संलग्नता देखिने केही आधार भेटिएको छ । ‘वस्तुस्थितिले संकेत गरेपनि उनले अभियोग स्वीकार गरेका छैनन्’, स्रोतले भन्यो, ‘त्यही कारण तत्काललाई यो विषयलाई सार्वजनिक नगरिएको हो ।’

बैतडी प्रहरी स्रोतका अनुसार उनी सार्वजनिक पदमा रहेका व्यक्ति हुन् र कञ्चनपुरबाट समातेर बैतडी ल्याइएको थियो ।

उनको शारीरको विभिन्न भागमा चिथोरिएको जस्तो चोट देखिएको छ । तर उनले रुखबाट लडेर घाउ भएको दाबी गरेका छन् । चिकित्सकले भने रुखबाट लडेको जस्तो नदेखिने बताएका छन् ।

स्रोतका अनुसार उनी २१ माघमा अपराधस्थल वरपरी देखिएका थिए ।

जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमको प्रतिवेदन र प्रहरीको म्यानुअल अनुसन्धानको अनुमान अनुसार भट्टको हत्या २ देखि ३ बजेको बीचमा भएको हो । उनी चार बजेतिर त्यसक्षेत्रमा देखिएको बैतडी प्रहरीका एक कनिष्ठ अधिकारीले जन न्युज नेपाल खबरलाई बताए ।

उनले विगतमा पनि महिलाहरुमाथि दुर्व्यवहारजन्य गतिविधि गर्ने प्रयास गरेको पाइएको समते प्रहरीले बताएको छ । भागरथी हत्या प्रकरणपछि भने उनी भारततिर भाग्न खोजेको प्रहरीको आशंका छ ।

शंकास्पद व्यक्ति पक्राउबारे सोध्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंह भने प्रहरी अनुसन्धान निचोडतर्फ उन्मुख भएको बताउँछन् । यद्यपि, कोही पक्राउ परेको स्वीकार्दैनन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदी पनि घटनास्थल नजिकै रहेको प्रहरी चौकीमा बसेर अनुसन्धानको कमाण्ड र सुपरिवेक्षण गरिरहेका छन् ।

निर्मला प्रकरणबाट सिकेको पाठ

प्रमाण संकलन गरेर पक्राउ गर्नुपर्नेमा पक्राउ गरेर प्रमाण खोज्नतिर लाग्ने गरिएको आरोप नेपाल प्रहरीका अधिकृतहरुलाई लाग्ने गरेको थियो । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा पनि व्यक्ति पक्राउपछि अनुसन्धानलाई जोड दिँदा समस्या भएको अधिकृतहरुले बताएका थिए ।

निर्मला प्रकरणबाट पाठ सिक्दै भागरथी प्रकरणमा प्रहरीले प्रमाण जुटाउने विषयलाई प्राथमिकता दिएको छ ।

बैतडीमा निकालिएको भजाइनल स्वाबबाट पुरुष वीर्यको प्रोफाइल निकालेर डीएनए जाँच गर्ने समेत तयारी गरिएको छ । तर केन्द्रीय विधि विज्ञान प्रयोगशालामा हुने यो परीक्षणका लागि कम्तिमा १५ दिन लाग्ने भनिएको छ । त्यसो त बलात्कार भएको समयमा कण्डम प्रयोग गरिएको भए, पुरुषको वीर्य नभेटिने भएकाले त्यो विधिमा मात्रै पनि भर नगर्ने प्रहरी स्रोत बताउँछ ।

निर्मला हत्या प्रकरणमा दर्जन बढी प्रहरीलाई कारबाही गरिसकेपछि अन्त्यमा विशेषज्ञको टोलीले डीएनए नमूना संकलन प्रक्रिया नै ठिक नभएको भन्दै त्यसमा मात्र भर पर्नु नहुने प्रतिवेदन दिएको थियो ।

२१ माघमा सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो, भोलिपल्ट अपराह्न उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा उनको शव भेटिएको थियो ।

पोष्टमार्टम रिपोर्टले भट्टको टाउको र हातमा चोट लागेको देखाएको थियो भने घाँटी थिचिएका कारण मृत्यु भएको भनेको थियो । घटनापछि प्रहरीले धनगढीस्थित कुकुर शाखाबाट ट्याकर डग मगाएको थियो, जसले अभियुक्त खोचलेक बजारतिर गएको संकेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४