Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ, ७ महिनामा १ सय ९६ मोटरसाइकल भेटियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।

भक्तपुरका सुशन थापामगर र रामेछापका हिराकाजी श्रेष्ठको मोटरसाइकल चोरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो । महाशाखाले माघमा मात्र मोटर साइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको जनाएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले चालू आर्थिक बर्ष २०७७/०७८ को हालसम्ममा महाशाखाले उपत्यकामा हराएका १ सय ९६ मोटरसाइकल खोजतलास गरेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । साथै यस अवधिमा मोटरसाइकल चोरी गर्ने ३९ व्यक्तिलाई पक्राउ गरेर उनिहरुमाथी मुद्धा चलाइएको पनि महाशाखाले पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४