Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पछारिए– मुख्यमन्त्री पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पछारिएको बताउनुभएको छ ।

ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डको युद्धको बेलाको अभिव्यक्तिलाई प्रयोग गर्दा आफैँ पछारिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पटक–पटक उहाँले क–कसको ढाडमा टेक्नुभो, क–कसको टाउकोमा हिर्काउनुभो, त्यो इतिहासका कुरा भए । तर पार्टी एकतापछि उहाँ माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो, आज सडकमा पछारिनु भएको छ ।’

स्थायी समिति सदस्य पोखरेलले दाहाल–नेपाल जनतासँग डराएर निर्वाचनबाट भागेको आरोप लगाउनुभयो । उहाँले निर्वाचनमा पार्टीले उच्च जनमत ल्याएर पार्टीलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभयो । साथै उहाँले बुटवलमा उर्लेको जनसागरले पार्टीको जनमतलाई स्पस्ट पारेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४