Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले नागरिकको अधिकार खोसेको डाक्टर गोविन्द केसीको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 3.3K
    SHARES

काठमाडौं, ३० माघ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमबिरुद्ध नागरिक समाजका अगुवाहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

प्रजातन्त्रवादी संघ संस्थाहरूको छाता संगठन प्रजातान्त्रिक विचार समाजको आह्वानमा शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटन गर्ने कदम सच्चाउनुपर्ने बताएका थिए ।

प्रदर्शनमा सहभागीहरुले बिधिको शासन कायम गर, प्राज्ञिक स्वतन्त्रता कायम गर, वलात्कारीलाई कारवाही गर लगाएतका प्लेकार्ड बोकेका थिए । विरोध कार्यक्रममा डा गोविन्द केसीले संसद विघटन गरेर ओलीले नागरिक अधिकार खोसेको आरोप लगाउनुभयो ।

आफ्नो स्वार्थका लागि मुलुकलाई नै संकटमा ढकेल्ने प्रयास भएको भन्दै उहाले ओलीको कदम सच्चिनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले प्रधानमन्त्रीले संविधान मिचेर गैरकानुनी काम गरिरहेको बताउनुभयो ।

प्रदर्शनमा चिकित्सक, कानुन व्यवसायी, शिक्षक, लगाएको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४