Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उन्नत उखुखेतीबारे कञ्चनपुरका किसानलाई जानकारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 3.3K
    SHARES

भारतको उत्तर प्रदेशको शाहजहाँपुरस्थित उखु अनुसन्धान केन्द्रका डा बिआरएस चौहान, डा एसके शुक्लालगायतको टोलीले किसानलाई उखु रोप्नेदेखि काटनेसम्मको तरिका सिकाउने कार्य गरिरहेको महाकाली सुगर इन्डष्ट्रिजका व्यवस्थापक सिडी पाण्डेयले जानकारी दिए ।“भारतीय विज्ञको घुम्ती टोली परिचालन गरी किसानलाई उखुको उत्पादन बढाउनका लागि जानकारी दिने कार्य गरिरहेका छौँ”, उनले भने, “खेत तयार गर्ने, उखुको बीउ तयार गर्ने, रोप्ने, मलखाद, सिँचाइलगायतको व्यवस्था गर्नेलगायतका कार्य विज्ञले सिकाउने गरी रहेका छन् ।”

त्यससँगै रोग किरा पहिचान गर्ने र निदान गर्ने तरिकासमेत सिकाउने कार्य भइरहेको उनले बताए । हावाहुरीबाट उखुलाई बचाउनका लागि बोटलाई कसरी बाध्ने र काट्दा ध्यान पु¥याउनुपर्ने कुरासमेत विज्ञहरुले किसानलाई जानकारी दिँदै आएका छन् ।उखुखेतीमा भारतमा प्रयोग भइरहेको प्रविधिको प्रयोग र उखुका बढी उत्पादन दिने जात पहिचान गरी उखुको उत्पादनमा बढोत्तरी गर्नका घुम्ती तालीम उपयोगी हुने एमरेड परियोजनाका कञ्चनपुरका प्रमुख महेश घिमिरेले बताए ।

उनका अनुसार हालसम्म बेलडाँडी, बेलौरी र लालझाडीका किसानलाई भारतीय विज्ञको टोलीले एकदिने उन्नत उखुखेतीबारे तालीम दिएका छन् । उखुखेती हुने अन्य ठाउँका किसानलाई समेत तालीम दिइने उनले बताए ।जिल्लामा रहेका दुई वटा सुगर इन्डष्ट्रिजलाई उखुको अभाव रहेको छ । उखुको अभावमा इन्डष्ट्रिज पूर्ण क्षमताका साथ चल्न सकेका छैनन् । किसानलाई उन्नत जातका उखुखेती गरी उत्पादन बढाउनका लागि पाँच वटा ‘टि’ बारेमा समेत जानकारी दिने कार्य भइरहेको छ ।

पाँच ‘टि’ मा समयमा उखु रोप्ने, ट्राइकोड्रमा विषादीको प्रयोग गर्ने, ट्रेञ्च प्रविधिमा उखु रोप्ने, उखुको बीउ उपचार गर्ने, उखुको टुप्पोतिरको भागलाई बीउका रुपमा प्रयोग गर्ने रहेका छन । पाँच ‘टि’लाई ध्यान दिए मात्रै उखुको उत्पादन बढाउन सकिने उखु विज्ञको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४