Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेरोजगारहरुको सूचीमा ७ लाख ४३ हजारभन्दा बढीको नाम दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 5.3K
    SHARES

काठमाडौं,/नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिए यता १६ माघसम्म ७ लाख ४३ हजार ५ सय ३ जनाले बेरोजगारहरुको सूचीमा नाम दर्ता गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साप्ताहिक रिपोर्टअनुसार कोभिड–१९ महामारी फैलिएयता १६ माघसम्म ७ लाख ४३ हजार ५ सय ३ जनाले बेरोजगारको सूचीमा नाम दर्ता गरेको देखिएको छ 

मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेका अनुसार बेरोजगारको सूचीमा नाम दर्ता भएकाहरुमा स्वदेशमा उत्पादन भएका बेरोजगार र विदेशबाट फर्किएका सबै नेपाली नागरिकहरु रहेका छन् । न्युज २४ नेपाल टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘मन्त्रालयद्वारा जारी साप्ताहिक रिपोर्टमा राखिएको बेरोजगारहरुको सूची दर्ता स्वदेशमा उत्पादन भएका र विदेशबाट फर्किएका बेरोजगार नेपाली नागरिकको संख्या हो ।’

हरेक हप्ताको शुक्रबार मन्त्रालयले साप्ताहिक प्रगति विवरण निकाल्दै आएको छ । तर, यस हप्ताका विदाका कारण आइतबारमात्र प्रगति विवरण निकालिने प्रवक्ता पाण्डेले जानकारी दिए । नाम दर्ता भएका बेरोजगारमध्ये कतिले रोजगारी पाए भन्ने सन्दर्भमा यकिन जानकारी आइनसकेको उनले बताएका छन् ।

मन्त्रालयको साप्ताहिक रिपोर्टअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २२ माघसमम १२ हजार ७ सय २९ जनाले रोजगारी पाएका छन् । माघ १६ सम्म ५ हजार ७ सय २० र १६ देखि २२ सम्मको एक हप्ताको अवधिमा ७ हजार २९ जनाले गरी हालसम्म कुल १२ हजार ७ सय २९ जनाले रोजगारी पाएको साप्ताहिक विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४