नेता थापाले अदालतले नारायणहिटी दरबार संग्रहालय र भृकुटीमण्डपमा गरिएका नेकपाका दुई समूहका ठूला सभाको गर्जन सुन्न आवश्यक नभएको पनि बताए । ‘नारायणहिटी अगाडिबाट ओलीको गर्जन र हिजोको गर्जन नसुन्नुहोस्’ उनले भने, ‘अदालतले संविधानको धारा पढोस् कानुनको साँघुरो किल्लाबाट न्यायको हत्या नहोस् ।’
भरोसाको केन्द्रमा रहेको अदालतले न्याय गर्छ भन्ने आशामा रहेको उनले बताए ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको शिकार भएको संविधानलाई अब सेटिङको शिकार हुन नदिने पनि बताए ।