Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड-माधव समूहले निकाल्यो विरोध जुलुस (फोटो फिचर)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २८ २०७७
  • 3.3K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड-माधव समूह)को जुलुस विभिन्न स्थानबाट सुरु भएको छ ।

माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् ।

अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

विरोधसभामा सहभागी गराउन प्रचण्ड-माधव समूहले बिभिन्न जिल्लाबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा उतारेको छ । सो समूहको जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

संसद विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले यो विरोधसभालाई निर्णायक भनेको छ । यसअघि प्रचण्ड-माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४