Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अहिले डरै–डरमा गीत निकाल्नुपर्छः बद्री पंगेनी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २८ २०७७
  • 6.8K
    SHARES

लोकगायक बद्री पंगेनीले अहिलेको अवस्थामा गीत सार्वजनिक गर्दा धेरै कुराको चिन्ता र डर हुने बताएका छन् ।जन न्युज नेपाल खबरसँग कुरा गर्दै पंगेनीले भने–‘म मात्र होइन, म जस्ता धेरै सर्जकले गीत सार्वजनिक गर्दा धेरै कुराको डर लिनुपर्ने अवस्था छ । अहिले कलाकार धेरै छौं । सिर्जना गर्नेहरु धेरै छौं । शब्द मिल्न जान्छ कि, लय मिल्छ जान्छ कि भन्ने डर हुन्छ ।’

उनले संयोगले शब्द, लय मिल्न जाने तर बजारमा त्यस्ता श्रष्टाहरुलाई चोरको संज्ञा दिइने गरेको बताउँदै यसलाई गलत प्रवृत्ती भनेका छन् । कतिपयको भने अरुको सिर्जना चोरेर गाउने धन्दा रहेको बताउँदै त्यसलाई रोक्नुपर्ने पंगेनीले बताए ।

उनले जस्तो खालको गीत सार्वजनिक गर्दा पनि बजारमा टिकाटिप्पणी हुने अनुभव सुनाए । उनले भने–‘आधुनिक शैलीको गीत गरौं भन्नेतर्फ लाग्दा बद्रीले यस्तो गीत निकालेर बजार विगार्यो भन्न आरोप लाग्छ । मौलिक गीत निकाल्न खोज्दा सधै एउटै प्रकृतीको गीत ल्यायो भनेर गाली गर्छन् ।’

कुनै गीत चलेपछि विवादहरु पनि गीत–संगीत बजारमा देखिइरहेको हुनाले आफू पनि त्यो विवादमा परिने हो कि भन्ने कुराले डराएको बद्रीले बताए । पछिल्लो समय युटुबमा अनेकथरी ‘काण्ड’ भन्दै भिडियोहरु आइरहने हुनाले आफ्नो गीत छायाँमा पर्ने हो कि भन्ने डर पनि सर्जकमा हुने पंगेनीले बताए ।

यस्ता धेरै कुरा सोचेर एउटा सर्जकले डरै डरमा गीत सार्वजनिक गर्नुपरेको उनले बताए । बद्रीले केही दिनमै आफूले गीत सार्वजनिक गर्न लागेको पनि सुनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४