Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वचालित कारमा एप्पलसँगको सहकार्य ! हुण्डाई र कियाले गुमाए साढे ८ अर्ब डलर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २८ २०७७
  • 5.1K
    SHARES

अमेरिकी कम्पनी एप्पलसँग स्वचालित कार निर्माणमा सहकार्यका लागि कुनैपनि सम्झौता नभएको बताएसँगै दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाई र कियालाई ठूलो धक्का लागेको छ ।

स्वचालित विद्युतीय कार उत्पादनका लागि एप्पलसँग कुनै छलफल नभएको हुण्डाई मोटर कम्पनीले सोमबार प्रष्ट पारेको छ । जबकि एक महिनाअघि हुण्डाईले एप्पलसँग यस विषयमा प्रारम्भिक कुराकानी भइरहेको बताएको थियो । एप्पलसँगको सम्भावित सहकार्यको समाचारका कारण त्यतिबेला हुण्डाईको शेयर मूल्य आकाशिएको थियो ।

तर सोमबार एप्पलसँगको छलफल अगाडि नबढेको भनी हुण्डाईले प्रष्टिकरण दिएसँगै कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको छ ।

हुण्डाईको शेयर मूल्य ६.२ प्रतिशतले घट्दा हुण्डाईले सोमबार आफ्नो बजार मूल्यको कूल ३ अर्ब डलर गुमाउन पुगेको छ ।

त्यस्तै हुण्डाईको भगिनी कम्पनी किया कर्पको शेयर मूल्यमा झनै भयानक पहिरो गएको छ । सोमबार कियाको शेयर मूल्यमा १५ प्रतिशतले गिरावट आउँदा उसले साढे ५ अर्ब डलर गुमाएको छ ।

सोमबार एक वक्तव्यमा हुण्डाई कम्पनीले भनेको छ, ‘हामीले स्वचालित विद्युतीय गाडीहरुको संयुक्त उत्पादनमा सहकार्यका लागि विभिन्न कम्पनीहरुबाट अनुरोध प्राप्त गरिरहेका छौँ ।’ साथै स्वचालित कारको विकासका लागि एप्पलसँग कुनैपनि छलफल नभएको पनि उसले प्रष्ट पारेको छ ।

गत जनवरी महिनाको सुरुमा दक्षिण कोरियाका स्थानीय सञ्चार माध्यमहरुमा हुण्डाइलाई उधृत गर्दै एप्पल र हुण्डाईबीच सन् २०२७ सम्ममा स्वचालित विद्युतीय कार उत्पादन गर्ने विषयमा छलफल भैरहेको खबर सार्वजनिक भएको थियो । जसमा हुण्डाई वा कियाले अमेरिकामा सञ्चालन गर्ने कारखानामा ती कारका ब्याट्रीहरु उत्पादन गर्ने गरी सम्झौता हुन लागेको बताइएको थियो ।

अघिल्लो हप्तामात्रै सिएनबिसी लगायतका सञ्चार माध्यमहरुले एप्पल र हुण्डाईबीचको सम्झौता अन्तिम अवस्थामा पुगिसकेको बताएको थियो भने दक्षिण कोरियाली सञ्चार माध्यमहरुले त फेब्रुअरी १७ मै सम्झौता हुन लागेको समाचार प्रकाशन गरेका थिए ।

उसो त दक्षिण कोरियाको दोश्रो ठूलो कम्पनी हुण्डाई विश्वका अन्य कम्पनीहरुसँग सहकार्य गर्ने विषयमा खासै रुची नदेखाउने कम्पनीको रुपमा चिनिँदै आएको छ । यसले आफ्ना गाडीहरुका लागि इन्जिन देखि लिएर सबै पाटपुर्जा समेत आफ्नै कारखानामा उत्पादन गर्ने गर्दछ । 

रोयटर्सबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४