जिप्रका चितवनमा एसपी ओमप्रसाद अधिकारीलाई पठाइएको छ । उनी जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए ।
यस्तै दिपशम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण, रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गठन नं. २, भोलाबहादुर रावललाई काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, किसान सिंह थापालाई नेपाल प्रहरी पहरा गण र विकासराज खनाललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय सरुवा गरिएको छ ।
यस्तै १६ जना एसपीको पदस्थापन गरिएको छ भने ६ जना डीएसपीको सरुवा गरिएको छ । अछामको प्रहरी प्रमुखमा डीएसपी तुलसीराम अर्याल र ताप्लेजुङमा बालनरसिंह राणालाई पठाइएको छ ।
यस्तै डीएसपी कोमल शाहलाई नगर प्रहरी कार्यालय, रामहरि पाण्डेलाई नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण, नरहरि रेग्मीलाई प्रहरी वृत्त ठिमी र मनोहरप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय दार्चुला सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पदस्थापन भएका एसपीको विवरण हेर्नुहोस्
