बुटवल । नेकपा प्रचण्ड–माधव पक्षले लुम्बिनी प्रदेशका ५ जनालाई जिल्ला अध्यक्षका लागि सिफारिस गरेको छ । सो पार्टीको प्रदेश कमिटीले रुपन्देही जिल्ला अध्यक्षमा राजु गुरुङ, कपिलवस्तुमा विष्णु पन्थी, गुल्मीमा सोमनाथ सापकोटा, रुकुममा भीममान घर्ती र बर्दियामा वखतबहादुर खड्कालाई सिफारिस गरेको हो । केन्द्रीय कमिटीमा पठाइएका ५ जनाको नाम छिट्टै अनुमोदन हुने जनाइएको छ ।
हाल उनी मुसीकोट नगरपालिकाका मेयर हुन् । सापकोटा संगठन निर्माणमा ससक्त नेताका रुपमा चिनिन्छन् । त्यस्तै रुकुमका घर्ती पूर्व माओवादी हुन् । उनी लामो समयदेखि जिल्ला कमिटीमा बसेर काम गरेको अनुभवी नेताका रुपमा परिचित छन् । त्यस्तै बर्दियाका खड्का पूर्व एमाले समर्थक हुन् । उनी पनि लामो समयदेखि जिल्ला कमिटीमा बसेर काम गरेका अनुभवी नेतामा पर्दछन् ।