Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा गहिरिँदो राजनीतिक संकटप्रति चीनको चासो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । नेपालमा गहिरिँदो राजनीतिक संकटप्रति उत्तरको छिमेकी मुलुक चीनले निरन्तर चासो व्यक्त गरेको छ ।

पछिल्लोपटक शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन वार्ता गरेका चीनका विदेशमन्त्री वाङ यिले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । कुराकानीपछि परराष्ट्र मन्त्रालयले कोरोना खोप र अन्य पक्ष मात्र समेटेर विज्ञप्ति जारी गरेको थियो ।

चिनियाँ पक्षले केही ढिलो गरी जारी गरेको विज्ञप्तिमा नेपालको आन्तरिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको उल्लेख छ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षले नेपालको घरेलु अवस्थाबारे विचार आदान-प्रदान गरेका छन् । वाङ यिले चीन अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तप्रति दृढ रहेको र नेपाली जनताले छनौट गर्ने विकासको पथलाई सम्मान गर्ने बताउनुभयो ।’

टेलिफोन वार्ताका क्रममा चिनियाँ विदेशमन्त्रीले नेपालका राजनीतिक दल र गुटले नेपालको आधारभूत र दीर्घकालीन हितलाई ध्यानमा राखेर भिन्नताहरुलाई पन्छाएर साझा विन्दु खोज्ने विश्वास व्यक्त गरेका थिए ।

विशेषतः चिनियाँ विदेशमन्त्रीको जोड नेपालका राजनीतिक दलहरुका वीचमा द्वन्द्व चर्केर परिस्थिति थप जटिल नबनोस् भन्नेमा थियो ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि उत्पन्न राजनीतिक संकटका बारेमा चीनले गम्भीर चिन्ता र चासो व्यक्त गरिरहेको छ । त्यसलगत्तै उसले चिनियाँ कम्युनिष्ट पार्टीको अन्ततरराष्ट्रिय विभागका उपमन्त्रीलाई नेपाल पठाएको थियो । उनले प्रधानमन्त्रीलगायतका सबै नेताहरुसँग भेटघाट गरी यहाँको वस्तुस्थितिको अध्ययन गरेर र्फकेको थियो ।

त्यसपछि चीनको एउटा सानो राजनीतिक टोली काठमाडौैंमा राजनीतिक भेटघाटमा सक्रिय थियो । तर सो टोलीको गतिविधि भने गोप्य राखिएको थियो । त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेकी छन् । प्रतिनिधि सभा भंग भइसकेपछि राजदूत यान्छीले तीन पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटभाट गरिसकेकी छन् ।

चीनले नेपालमा राजनीतिक अस्थिरता भएमा आफ्नो सुरक्षा चासोमा असर गर्ने, दुई देशका वीचमा भएका सम्झौताहरु कार्यान्वयनमा ढिलो हुने र लगानीको वातावरण बिग्रने बताउँदै आएको छ ।

ज्ञवाली र चिनियाँ विदेशमन्त्रीको भेटमा पनि यी विषयमा विस्तृतमा कुराकानी भएको थियो । मन्त्री ज्ञवालीले विगतमा दुई देशका वीचमा भएका सहमति कार्यान्वयन गर्न नेपाल तयार रहेको भनी आश्वस्त पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४