Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भागरथीको भजाइनल स्वाब परीक्षण हुने, डीएनएसमेत जाँचिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं ल्याइने भएको छ ।जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टमका क्रममा चिकित्सकहरुले निकालेको स्वाबलाई महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ल्याउन लागिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले अनुसन्धानमा सहयोग पुग्ने विश्वाससहित परीक्षणका लागि सबुद, प्रमाण काठमाडौं पठाउन लागिएको बताए ।बैतडी अस्पतालका एक चिकित्सकका अनुसार संकलित स्वाबबाट पहिले ‘सिमेन’ परीक्षण गरिन्छ । यसबाट ‘बलात्कार’मा संलग्नको वीर्य योनीमा प्रवेश गरेको छ/छैन भन्ने थाहा हुन्छ ।

यही परीक्षणबाट घटनामा एक वा एकभन्दा बढी व्यक्ति संलग्न छन् भन्ने पनि थाहा हुनसक्छ । त्यसपछि डीएनए परीक्षणको समेत विकल्प रहेको चिकित्सकहरु बताउँछन् । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा डीएनए नमिलेकै कारण आरोपित दिलिपसिंह विष्ट थुनामुक्त भएका थिए ।पछि परीक्षण प्रक्रियामाथि नै छानविन गर्न बनेको समितिले नमूना संकलन र परीक्षणसम्बन्धी प्रक्रियामै समस्या देखाउँदै डीएनएमा मात्रै भर पर्न नहुने सुझाव दिएको थियो । त्यही आधारमा विष्टमाथि पुनः अनुसन्धान समेत गरिएको थियो ।

कपडा र मोबाइलको परीक्षण पनि काठमाडौंमा

बैतडीको यो घटनामा प्रहरी प्रधान कार्यालयले पनि संवेदनशीलता देखाउँदै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीलाई  अपराधस्थलको निरीक्षण र अनुसन्धानको सुपरिवेक्षणका लागि बैतडी पठाएको छ ।

बिहीबारदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली पनि घटनाको प्राविधिक पक्षको विश्लेषणमा खटिएको छ ।बुधबार विद्यालय गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । बिहीबार बिहान उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो । शव भेटिएको स्थान नजिकै प्रहरीले उनको मोबाइल भेटेको थियो ।

मोबाइलबाट केही विषय डिलिट गरिएको समेत हुनसक्ने आशंकामा प्रहरीले परीक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी गरेको छ । भट्टको मोबाइलमा भारतीय सीम कार्डसमेत रहेको पाइएको छ, त्यसबाट उनले भारतमा रहेका आफन्तसँग सम्पर्क गर्ने गरेकी थिइन् ।‘भारतीय सिम कार्डको हकमा उताका प्रहरीसँग पनि समन्वय गरेर अनुसन्धान हुन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘मोबाइलमा भएको एनटिसीको सिमको डिटेल निकालेर विश्लेषण गरिरहेका छौं ।’

प्रहरीका अनुसार अपराधस्थलबाट बरामद कपडा पनि परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी गरिएको छ । ‘म्यानुअलसँगै प्राविधिक पक्षको अनुसन्धानलाई पनि जोड दिएका छौं, छिट्टै नतिजा प्राप्त हुने विश्वास छ’, एसएसपी सिंह भन्छन् ।बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार घटना भएको समय आसपासमा बाटोमा हिँड्ने व्यक्ति, सवारीसाधनका धनी र  भट्टको साथीहरुसँग सोधपुछ गर्ने काम भइरहेको छ । ‘शंकास्पद थुप्रैसँग सोधपुछ गरिएको छ यद्यपि, हालसम्म कसैलाई नियन्त्रणमा लिइएको छैन’|

दोषी पत्ता लगाउन सबै शक्ति लगाएका छौं : डीएसपी अधिकारी

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले दोषी पत्ता लगाउन प्रहरीले सबै शक्ति लगाएको बताएका छन् । उनका अनुसार प्रहरीले घटनालाई गम्भीर रुपमा लिएको छ ।

‘घटनाको सुक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषण भइरहेको छ, यो काममा हाम्रो माथिल्लो निकाय पनि परिचालित छ’, अधिकारीले भने, ‘दोषी छिट्टै कानूनी दायरामा आउँछन् ।’किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले घटनाका दोषीलाई पक्राउ गर्न माग गर्दै सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुले आइतबारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४