Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजबाट सञ्चारकर्मी र कुटनीतिक नियोगका कर्मचारीलाई खोप, कहाँ–कहाँबाट लगाउन पाइन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा सञ्चारकर्मी र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ ।

माघ २५ गते बसेको सचिवस्तरीय बैठकले सञ्चारकर्मी र कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूलाई खोप लगाउने निर्णय गरेको हो । पाँच दिनसम्म चल्ने यो अभियानमा सहभागी हुन काठमाडौं उपत्यकाभित्र रहेका सम्बन्धित व्यक्तिहरूलाई मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले खोप लगाउने केन्द्र पनि छुट्याएकाे छ । पत्रकार एवं सञ्चारकर्मीहरूका लागि निजामती कर्मचारी अस्पताल मीनभवन, युएन एजेन्सीहरूमा कार्यरत तथा विदेशी कर्मचारीका हकमा आश्रित कर्मचारीहरूलाई पाटन अस्पताल ललितपुरमा खोप लगाइने भएकाे छ ।

यस्तै, राजदुतावास तथा कुटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीहरूलाई त्रिवि शिक्षण अस्पताल महारजगञ्ज तथा शहिद गंगालाल अस्पताल बाँँसबारीमा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाबाहिर भएका जिल्लाहरूको हकमा अर्को व्यवस्था गर्ने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४