Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 3.8K
    SHARES

काठमाडाैँ,/ पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन् । जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । उनलाई बाँकी सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणबाट मुक्त भएका उनी अदालतको फैसला आउनुअघि फरार भएका थिए । माओवादीको सशस्त्र युद्धका क्रममा दैलेखका पत्रकार डेकेन्द्र थापाको २०६१ साल साउन २७ गते हत्या भएको थियो ।

थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४