Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी, ११ जनाको मृत्यु, एक सय भन्दा बढी व्यक्ति बेपत्ता, खोजी कार्य जारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 5.8K
    SHARES

काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगङ्गा नदीमा मिसिँदा बाढी आएको हो । अलकनन्दामा पनि पानीको सतह बढेको छ ।

हिमताल फुटेर आएको बाढीमा परि मृत्यु भएका ११ जनाको शव निकालिएका स्थानीय अधिकारीले बताएका छन् ।

अझै पनि पनि १ सय ५० जना बेपत्ता रहेको र खोजी भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

हिमताल विस्फोटपछि आएको बाढीले ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार आयोजनामा काम गरिरहेका एक सय बढी मजदुर अझै हराइरहेका छन् भने सुरुङमा फसेका १६ जनाको जिवितै उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४