Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भागरथी हत्या प्रकरण : सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी आफैं लागे घटनास्थलतर्फ !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 7.1K
    SHARES

काठमाडौं । बैतडीको दोगडाकेदार-७ मा भएको हत्याको निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आफैं घटनास्थलतर्फ गएका छन् । चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी त्यहाँ पुगेका हुन् ।

प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घटनाको छानविनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पाण्डेलाई पनि खटाइसकेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटाइसकेको छ । कञ्चनपुरको निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।

बाखु नेतृत्वको टोलीले घटनाको प्राविधिक विश्लेषणमा सहयोग गर्नेछ । भट्टको मोबाइल प्रहरीले बरामद गरेको छ, त्यसको कल डिटेल लगायतको विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • बलात्कारपछि हत्याको आशंका

सनातन धर्म माध्यमिक विद्यालयमा पढ्न गएकी उनी बुधबार साँझसम्म घर फर्किइनन् । त्यसपछि बालिका हराएको भन्दै खोजी सुरु थालिएको थियो । बिहीबार बिहान उनको शव लबलेक सामुदायिक वनमा भेटियो ।

मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएलगत्तै तालिम प्राप्त कुकुर लगेर प्रहरीले स्नीफिङ गराएको थियो । सामान्य पानीसमेत परिरहेको भए पनि कुकुरले शव भेटिएकै स्थान वरिपरि घटना भएको संकेत गरेको थियो ।

अनुसन्धानमा खटिएका एक अधिकृतले जन न्युज नेपाल खबरलाई  सुनाए, ‘झाडी माडिएको र घिसारिएको चोटपटक भएकाले पनि घटना नजिकै भएको हुनसक्ने देखिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४