Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ को प्रदेशसभा बैठक भोलिका लागि बोलाइयो, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २४ २०७७
  • 4.4K
    SHARES

काठमाडौं, २४ माघ । प्रदेश १ को प्रदेशसभा बैठक भोलिका लागि बोलाइएको छ । भोलि बोलाइएको बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने तयारी रहेको छ ।

माघ ७ गते बसेको पहिलो बैठक डेढ मिनेटमै स्थगित गरिएको थियो । भोलि बस्ने दोस्रो बैठकमा भने मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव पेश गरेर छलफल अघि बढाउने तयारीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह जुटेको छ ।

तर, प्रदेश सभा सचिवालयले भने अविश्वासको प्रस्ताव पेश हुने निश्चित नरहेको जनाएको छ । मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले टेवल गर्न भन्दै आएको छ ।

तर, पार्टीको केन्द्रीय निर्णय नआएकाले कांग्रेस स्पष्ट हुन सकेको छैन । तर, पनि प्रतिपक्ष दल नै भएकाले अविश्वासको प्रस्तावको विपक्षमा जान नसकिने कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले जानकारी दिनुभयो ।

अविश्वासको प्रस्ताव छिटोभन्दा छिटो टुंगोमा पु-याउनुपर्ने कांग्रेसको दबाब छ । प्रदेश १ मा प्रचण्ड–माधव समूहका ३७ जनाले राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, त्यसमध्ये ५ जनाले फिर्ता लिएपछि ३२ जना रहेका छन् ।

यो समूहलाई प्रस्ताव पारित गर्न कांग्रेसको साथ आवश्यक पर्छ । कांग्रेससँग २१ सदस्य संख्या रहेको छ । राईविरुद्ध पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४