Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीको सभाका लागि दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा, दलहरुले देखाए मिचाहप्रवृत्ति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २३ २०७७
  • 3.6K
    SHARES

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा लिएर सभा गर्दैछ ।

यसका लागि नारायणहिटी दरबार संग्रहालयको मूल ढोका अगाडी नै मञ्च बनाइएको छ । दरबारमार्गको मूल सडक पूर नियन्त्रणमा लिइएको छ । सडकको डिभाइडर निकालेर प्रधानमन्त्री ओलीको प्लेक्स टाँगिएको छ ।

सरकारको नेतृत्व गरेको पार्टी आफै र स्वयं प्रधानमन्त्री जस्तो व्यक्ति सहभागि भई सम्बोधन गर्ने सभाका लागि नागरिकको आवतजावत, व्यवसाय र यातायात नै बन्द गरेर नियन्त्रण लिइएको छ ।

अरुले नागरिक अधिकारमाथि व्यवधान पुर्‍याएमा त सहजीकरण गर्ने कर्तव्य र दायित्व भएको सरकारका मुखिया स्वयं सहभागि हुने कार्यक्रममा नागरिकको चहलपहल हुने मुख्य क्षेत्रमै निशाना बनाइँदा दलहरुले जे गरे पनि हुने भन्ने सन्देश गएको छ ।

यसअघि नेकपाकै अर्को घटक पुष्पकमल दाहाल पक्षले यसैगरी भृकुटीमण्डप अगाडीको सार्वजनिक सडक नै कब्जा गरेर कार्यक्रम गरेको थियो ।

प्रधानमन्त्री ओलीको सभाका लागि दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा, दलहरुले देखाए मिचाहप्रवृत्ति

लोकतन्त्र, गणतन्त्र भनेको नागरिक सार्वभौम हुने व्यवस्था भनिए पनि दलहरुको मिचाह प्रवृत्ति बढ्न थालेको टिप्पणी हुन थालेको छ । नागरिकका हक अधिकार रद्दीको टोकरीमा मिल्क्याइएको यो उदाहरण हो ।

मिलेर पाँच वर्ष सत्ता चलाउन जनताले दिएको जनादेश नेताहरुको कुर्सी झगडाका कारण च्यातेर जनतालाई दुःख दिनु उचित हन सक्दैन । पार्टी झगडाकै निहुँमा विहीबार दाहाल समूहले आमहड्ताल नै गरेर अनाहकमा नागरिकलाई सास्ती दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४