Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २३ २०७७
  • 13.5K
    SHARES

२०७७ माघ २३ गते, शुक्रवार, ५ फेब्रुअरी २०२१। माघ कृष्णपक्ष, अष्टमी तिथि (११:२० बजेदेखि नवमी), विशाखा नक्षत्र, चन्द्रराशि– तुला १४:०९ बजेदेखि वृश्चिक।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ। भेटघाटले काममा अलमल हुन सक्छ। यात्रा केही कष्टपूर्ण हुनेछ। अपराह्नदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ। 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतिस्पर्धाको समय छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ।भौतिक साधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन सक्छन्। अपराह्नदेखि स्थितिमा सुधार आउनेछ र दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिले साथ दिनेछ र प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रियजनसँग रमाइलो भेटघाट समेत हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा  पछि परिनेछ। अपराह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तर केही चुनौती देखिनेछन्। वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ र फजुल खर्च बढ्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

हतारमा निर्णय लिँदा केही त्रुटि देखिए पनि काम बनाउन सकिनेछ। आँटले काम लिँदा फाइदै हुनेछ। बेसुरमा बोल्ने बानीले भने दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा पनि धोका पाइनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर प्राप्त भए पनि काममा भाँजो हाल्नेहरू सक्रिय हुनेछन्। सहयोगीहरू पछि हट्न सक्छन्, गोपनीयतामा विशेष सावधान रहनुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेत गर्दा नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। अपराह्नतिर नसोचेका व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। वादविवादमा परिए पनि केही काम बनाउन सकिनेछ। 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। साँझतिर केही काम बन्नेछन्। तर अविश्वासको परिस्थितिले पिरोल्नेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अपराह्नदेखि विवादास्पद काममा जुट्नुपर्ला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। काममा पनि पछि परिनेछ। फाइदा उठाउन समय पर्खनुपर्नेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। प्रयत्न गर्दा यात्राको अवसर पनि जुट्न सक्छ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। धेरैले कामको तारिफ गर्नेछन्। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विवादास्पद काममै बिहानको समय बित्नेछ। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। प्रयत्न गर्दा केही उपलब्धि पनि हातलागी हुनेछ। रोकिएको काम बनाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। घरायसी काममा अलमल बढ्न सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। केही लाभांश हातलागी हुनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। अपराह्नमा भने विवादास्पद काममा अलमलिनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अपराह्नदेखि सामाजिक कामको जिम्मेवारी आउला। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।

#नेपाली पात्रो बाट साभार गरिएको
#
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४