Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘डब्ल्यूएचओ’ले नेपाललाई २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २२ २०७७
  • 9.7K
    SHARES

काठमाडौं/ विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले नेपाललाई २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउने भएको छ । डब्लूएचओको कोभ्याक्स सुविधाअन्तर्गत उक्त खोप नेपालले प्राप्त गर्ने डब्लूएचओले प्रकाशित गरेको विवरणमा यो उल्लेख गरिएको छ ।

कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप पाउने भएको हो ।

नेपालले उक्त खोपलाई आपतकालीन प्रयोगमा ल्याएको एक सातापछि डब्लूएचओले यस्तो घोषणा गरेको हो । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लूएचओको प्रक्षेपणमा उल्लेख छ ।

नेपालको औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३.३ प्रतिशत अर्थात (१ करोड) लाई पुग्ने जनाइएको छ । नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४