Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बख्तरबन्द गाडी सडकमा : सेनाले भन्यो- ‘हामी अभ्यासमा छौँ, अभ्यास काम लाग्न सक्छ’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २० २०७७
  • 6K
    SHARES

काठमाडौं,/ नेपाली सेनाका हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन् । राति दश बजेपछि सेनाका दर्जन जति बख्तरबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए ।

सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताउनुभएको छ ।

बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित युद्ध कवच गण ब्यारेकबाट कर्णेल देवन्द्र खड्काको नेतृत्वको टोलीले एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको चक्कर चक्कर हिडेका थिए ।

यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो शासन हातमा लिँदा बख्तरबन्द गाडी सडकमा निकालिएको थियो ।

जंगीअड्डाले यसअघिनै जानकारी दिएर बख्तरबन्द गाडी सडकमा निकालेको हो । दिउँसोको समयमा ट्राफिक जाम हुने भएपछि सेनाले आफ्ना बख्तबरन्द रातिको समयमा सडकमा निकालेको जनाएको छ । यसका लागि ट्राफिक प्रहरीसँग सेनाले समन्वय गरेको थियो ।

संयोग कस्तो रह्यो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको बख्तरबन्द गाडी सडकमा निस्किएको थियो ।

वर्तमान विकसित राजनीतिक घटनाक्रमका समेत तीव्र बनिरहेको बख्तरबन्द गाडी यसरी सडकमा निस्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ ।

त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको छ । माघ २१ गते पनि बख्तरबन्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४