Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटर बिक्रीमा, मूल्य २० करोड रुपैयाँ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १९ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । जब एप्पल कम्पनीका संस्थापक स्टिभ जब्ससँग सम्बन्धित कुनै संस्मरणात्मक सामाग्रीहरु लिलामीका लागि राखिन्छन् तब त्यस्ता वस्तु खरीद गर्नका लागि मानिसहरुमा हानथाप हुन्छ । हालै स्टिभ जब्सले बनाएको पहिलो चरणको एक कम्प्युटर करोडौँ रुपैयाँमा बिक्रीमा राखिएको छ ।

एप्पलका संस्थापक जब्स र अर्का संस्थापक स्टिभ बोज्नियाकले बनाएको एप्पल वान कम्प्युटर हालै १५ लाख अमेरिकी डलरमा बिक्रीमा राखिएको छ ।

अनलाइन सपिङ साइट इ बे मा उक्त एप्पल वान कम्प्युटर त्यति महंगो मूल्यमा बिक्रीमा राखिएको हो ।

इबेमा राखिएको उक्त कम्प्युटरको विवरणमा लेखिएको छ, ‘यो निकै दुर्लभ अवसर हो । किनकी अहिले विश्वमा काठको खोलमा राखिएका एप्पल वानको Byte Shop KOA कम्प्युटर केवल ६ वटा मात्र बाँकी छन् । त्यसमध्ये अधिकांश त म्युजियममै रहेका छन् । साथै यो कम्प्युटर चालू हालतमा छ । साथै वर्षौंदेखि यसलाई धूलो तथा खिया लाग्नबाट निकै उत्तम तरिकाले जोगाइएको छ ।’

आजभन्दा ४५ वर्ष पहिले सन् १९७६ मा बनेको उक्त कम्प्युटर वास्तवमै दुर्लभ कम्प्युटर हो ।

यो कम्प्युटरसँगै स्केम्याटिक्स, बेसिक म्यानुअल, क्यासेट इन्टरेफेस तथा गाइड्स लगायतका सामाग्री समेत पाइनेछ ।

एप्पल वान कम्प्युटरमा बेसिक ल्यांग्वेज, गेम्स, लो एण्ड हाई मेमोरी टेष्ट लगायतका सफ्टवेयर छन् ।

जब्स र वज्नियाकले सन् १९७६ मा निर्माण गरेयो एप्पल वान कम्प्युटर एप्प्ल कम्पनीले बेचेको सबैभन्दा पहिलो प्रडक्ट पनि हो । सन् १९७७ मा उत्पादन बन्द गरिएको एप्पल वान जम्मा २ सय गोटा उत्पादन गरिएको थियो । त्यस समय एप्पल वानको मूल्य ६ सय ६६ डलर ६६ सेन्ट थियो ।

–एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४