Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहकारीलाई ६७ लाखको यन्त्र र उपकरण सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १९ २०७७
  • 3.6K
    SHARES

पश्चिम नवलपरासी । कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सुनवल नगरपालिकास्थित स्वाठी कृषि सहकारी संस्थालाई कृषि यन्त्र र उपकरण सहयोग उपलब्ध गराइएको छ । सहमति संस्था गैंडाकोटको समावेशी ग्रामीण विकास परियोजनाअन्तर्गत सहकारी संस्थालाई विभिन्न अपकरण उपलब्ध गराइएको हो ।

सहकारीलाई धान र गहुँ काट्ने कम्वाइन हारभेष्टर, आलु रोप्ने मेसिन, रोटाभेटर, पोटेटो हारभेष्टर ट्याक्टर, ट्याक्टर ट्रलीसहित ६७ लाखको कृषि उपकरण सहयोग उपलब्ध गराएको सहमति संस्थाका अध्यक्ष करुणा सागर सुवेदीले जानकारी दिनु भयो ।

नगरपालिकामार्फत सहकारी संस्थालाई कृषि यन्त्र हस्तान्तरण गर्दै अध्यक्ष सुवेदीले आधुनिक कृषि प्रणालीलाई प्रोत्साहन गरी कृषकहरूलाई व्यवसायिक बनाउन यन्त्र सहयोग गरिएको बताउनुभयो ।

संस्थाको यस परियोजनाले पूर्वी र पश्चिम नवलपरासीका ६ पालिकाका कुल १३ वटा वडामा रहेका कृषकहरूको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले व्यवसायिक पशुपालन, कृषि, सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको परियोजनाका सल्लाहकार भीम प्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४