Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘नेपाल स्टार’ बिजेता एलिना भन्छिन्–‘माया गरेर भोट गर्नेहरुलाई निराश बनाउँदिन’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १९ २०७७
  • 7.4K
    SHARES

नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाल स्टार’की विजेता एलिना गुरुङले आफूलाई माया गरेर भोट गर्नेहरुलाई निराश नबनाउने बताएकी छिन् ।

शनिबार भएको फाइनलमा उनले सुरेश लामा, सन्देश बमजन लामा र लक्ष्मण लिम्बुलाई पछि पार्दै टाइटल जितिन् । योसँगै उनले ३५ लाख नगद, १ करोडको जीवन विमा र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।

पोखराका विभिन्न रेष्टुरेन्टमा गीत गाउँदै आएकी २५ बर्षिया एलिनाले ‘नेपाल स्टार’को उपाधि जितेपछि आफूलाई भोट गर्ने सबैलाई धन्यवाद समे दिएकी छिन् । पोखरा महानगरपालिका –१३ विपीमार्गकी एलिनाले सानैदेखि गायनमा रुचि राख्दै आएकी थिइन् । उनले केही गीत रेकर्ड समेत गराइसकेकी छिन् ।

उनले उपाधि जितेसँगै आफूमा थप चुनौती थपिएको समेत बताइन् । एलिनाले भनिन्–‘आफूमा थप चुनौती थपिएको महशुस गरेकी छु । मलाई माया गरेर विजेता बनाउने हुने स्रोता तथा दर्शकलाई निराश बनाउँदिन् ।’

‘प्लस टु’सम्मको अध्ययन पुरा गरेकी एलिनाले पोखरामै रहेर संगीत प्रशिक्षण लिएकी थिइन् । आउँदा दिनमा संगीत प्रशिक्षणलाई निरन्तरता दिदै राम्रा–राम्रा गीतहरु स्रोता तथा दर्शकसामु पस्किदै जाने उनले बताइन् ।

उनले ‘नेपाल स्टार’को यात्रामा आफूले धेरै कुराहरु सिकेको बताइन् । ‘मलाई नेपाल स्टारले धेरै कुराहरु सिकाएको छ । आफूमा धेरै परिवर्तन पाएकी छु’ उनले भनिन् ।

गीतसंगीतको क्षेत्रमा आफूले धेरै काम गर्न बाँकी रहेको बताउँदै आगामी दिनमा पनि माया गदिदिन सबैमा उनले आग्रह गरिन् । भनिन्–‘सांगीतिक क्षेत्रमा केही गर्छु भन्ने अठोट लिएर अगाडि बढेकी छु । जसरी अहिले सबैले माया गरेर भोट गरेर मलाई जिताउनुभयो । आगामी दिनहरुमा पनि सबैको साथ र समर्थनको खाँचो छ ।’

गतवर्ष फागुनदेखि शुरु भएको ‘नेपाल स्टार’को निर्णायकमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४