Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा भेटियो बर्ड फ्लु, २५ सय पन्छी नष्ट गरियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १८ २०७७
  • 10.7K
    SHARES

काठमाडौं, /  काठमाडौंको तारेकेश्वर नगरपालिकामा बर्ड फ्लू देखिएको छ । तारेकेश्वरस्थित एउटा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले विज्ञप्तीमार्फत जनाएको हो ।

केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भेटिएको पुष्टि भएको हो । विभागका अनुसार बर्ड फ्लू भेटिएको फार्म र आसपासका १ हजार ८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ ।

संबन्धित निकायसँग समन्वय गर्दै रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पंक्षि तथा रोग सार्न सक्ने अन्य बस्तु समेत नष्ट गरिएको विभागले जनाएको छ ।

रोग निसंक्रमण गरेपछि जारी गरिएको विज्ञप्तीमा बिभागले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरि भेटनरी प्रमाणपत्र लिएर गर्न÷गराउन आग्रह गरेको छ ।

यसैगरि फार्म परिसरमा जैबिक सुरक्षाका बिधिहरु अवलम्बन गर्न , फार्म परिसरमा नियमितरुपमा निसंक्रमण गर्न र अस्वभाविकरुपमा पंक्षी बिरामी परेको पाइए शिघ्र खबर गर्न पनि विभागले आग्रह गरेको छ ।

अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लू रोग देखा परेपछि नेपालमा पनि पशुसेवा बिभागले सर्तकता बढाउँदै गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४