Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाधिवेशन भव्य बनाउने राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष कार्कीको भनाई


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १६ २०७७
  • 2.9K
    SHARES

काठमाडौँ – कलाकर्मीहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघको महाधिबेशन भव्य र सभ्य बनाउने राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताएका छन् । महाधिवेशनको मिति तय भएसँगै अहिले धमाधम जिल्ला तथा प्रदेश अधिवेशनहरु चलिरहेको कार्कीले बताएका छन् । यसै सन्दर्भमा आज राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय कार्यसमितिको बैठक संघका केन्द्रीय अध्यक्ष श्री राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा संघको केन्द्रीय कार्यालयमा बसेको छ । बैठकले आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने राष्ट्रिय महाधिबेशनलाई भब्य सभ्य र मर्यादित रुपले सम्पन्न गर्नको लागि केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की संयोजकत्वमा महाधिवेशन मुल आयोजक समिति गठन गरेको छ ।

जसको सह संयोजकमा संस्थाका बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, महासचिबमा संस्थाका महासचिव बिक्रमजङ शाह र सदस्यमा संस्थाका पदाधिकारी, प्रदेश इन्चार्ज र केन्द्रीय सदस्यहरु रहेका सस्थाका अध्यक्ष कार्कीले जनाएका छन् । त्यसै गरी महाधिवेशन सफल पार्ने बिभिन्न बिषयगत उपसमितिहरु पनि गठन गरिएको छ।सो महाधिवेशनमा प्रत्येक जिल्लाबाट ५ जना प्रदेशबाट १५ जना र आजिबन सदस्य स्वतहः प्रतिनिधि हुने बैठकले निर्णय गरेको छ ।

हालसम्म ३४ जिल्ला र २ वटा प्रदेशको अधिवेशन सम्पन्न भैसकेका छन् भने बाँकी जिल्ला तथा प्रदेशहरु अधिवेशनको तयारीमा रहेका छन् भने प्रदेश सरह रहेको विशेष सम्पर्क समितीको अधिबेशन फाल्गुन १ गते र लुम्बिनी प्रदेश अधिवेशन फाल्गुन पहिलो हप्ता हुन लागेको लुम्बिनी प्रदेश महासचिव पुर्णचन्द्र परियारले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४