Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहिद हुनुअघि गंगालालले भनेका थिए, ‘डोन्ट फर्गेट माइ ब्लड’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १६ २०७७
  • 7.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली सहिद दिवसको अवसरमा सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको सम्झना गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले सहिद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्र आफ्ना बुवा गणेशमान सिंहलाई भनेको अन्तिम वाक्य सम्झँदै सम्पूर्ण सहिदहरूप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।

‘सहिद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्रै गणेशमान सिंहलाई भन्नुभएको अन्तिम वाक्य ‘डोन्ट फर्गेट माई ब्लड’ आजको दिनमा थप ताजा भएर आएको छ । सहिदहरूले बलिदान दिएकैले आज हामीले निर्वाध नागरिक अधिकारको प्रयोग गरिरहेका छौं । स्वतन्त्रताको लामो श्वास फेर्न पाइरहेका छौं ।’ श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

उहाँ अगाडि लेख्नुहुन्छ, ‘देश नै बन्द कठघराजस्तो रहेका बेला प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि लड्दालड्दै सहिद हुनुभएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सधैं नेपालीको मनमुटुमा रहिरहनुहुनेछ । सहिद दिवसको दिन उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछु ।’

नेता श्रेष्ठले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि सरकारमै रहेकाहरूबाट खतरा भएको बताउनुभएको छ । सहिदको बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने केपी ओली प्रवृत्तिविरूद्ध अहिले एक भएर लड्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाइ छ ।

अझै पनि सहिदहरूले देखेका सपना साकार हुन बाँकी नै रहेको बताउँदै उहाँले सपना सार्थक बनाउने सामर्थ्य हामीलाई प्राप्त हुन सकोस् भन्दै सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४