Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनापछि निजी विद्यालयमा विद्यार्थी घटे, सरकारीमा खचाखच


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 5.4K
    SHARES

संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको र अतिरिक्त प्रयोगमार्फत पठनपाठनको शुल्क तिर्नुपर्ने सम्भावना देखेपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भएका हुन् । शैक्षिक सत्र सधैँ वैशाखबाट शुरु हुन्थ्यो तर यसपटक कोरोनाका कारण दशैँपछि मात्र विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन थाले । बन्दाबन्दीपछि केही विद्यालयले वैकल्पिक विधिबाट समेत पढाउन थाले ।

निजी विद्यालयले पूरै शैक्षिक सत्रको शुल्क तिराउने बुझेपछि बच्चालाई सामुदायिक विद्यालयमा लगेको इलाम सदरमुकाममा बसोबास गर्ने एक विद्यार्थीका अभिभावकले बताए । विगतका वर्षमा निजी विद्यालयमा बच्चा पढाइरहेका ती व्यक्तिले पुरानो विद्यालयले वैकल्पिक माध्यमबाट पढाउँदाको शुल्कसाथै अन्य शुल्क तिराउने बताएको थियो । “कात्तिकपछि त के पढाइ हुन्छ र ? बोर्डिङले पनि बोलाएको हो तर शुल्क तिर्न नसकिने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेँ”, नाम नखुलाउने शर्तमा ती अभिभावकले भने, “आखिर पढाइ उस्तै जस्तो लाग्यो । अनि सदरमुकामकै निजी विद्यालय छोडाएको हो ।”

सदाजस्तो विद्यालयले यस वर्ष भर्ना अभियानले गराउन पाएनन् । विगतका वर्षमा अभिभावकको घरघर पुगेर विद्यार्थी भर्ना अभियान चलाउने सामुदायिक विद्यालयका शिक्षक अभियानै नचलाउँदा पनि विद्यार्थी आएको बताउँछन् । विगतको तुलनामा झण्डै ३० प्रतिशत विद्यार्थी बढेको सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयका शिक्षक शिरोमणि भट्टराई बताउनुहुन्छ । यसपटक विद्यालयमा शिशु कक्षा, कक्षा ७ र कक्षा ९ मा विद्यार्थी बढेको भट्टराईको भनाइ छ ।

“विद्यार्थी बढे पनि विद्यालयमा स्रोत साधन व्यवस्थापनमा समस्या छ । जति पनि भर्ना गराउनैपर्ने बाध्यता छ”, भट्टराईले भन्नुभयो । आदर्शमा मात्रै होइन, समग्र जिल्लाका सबै सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ तर आधिकारिक तथ्याङ्क कसैसँग छैन । संस्थागत विद्यालयमा यस वर्ष विद्यार्थी घटेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) इलामका अध्यक्ष विकास कर्माचार्य स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार आफ्नो अपेक्षाभन्दा बढी विद्यार्थी संस्थागत विद्यालय आए पनि विगतमा भन्दा केही सङ्ख्यामा घटेको हो । “हामीले यस वर्ष करिब ५० प्रतिशत विद्यार्थी मात्रै भर्ना हुन्छन् भन्ने अनुमान गरेका थियौँ तर करिब ९० प्रतिशतको हारहारीमा विद्यार्थी फर्किए”, कर्मचार्यले भन्नुभयो, “केही विद्यार्थी अर्को भर्ना हुने गरी बसे भने केहीचाहिँ आफ्नो नजिकको सामुदायिक विद्यालयमा गएको अनुमान गरेका छौँ ।”

कर्मचार्यका अनुसार स्थायी घर छाडेर अस्थायीरूपमा (डेरा गरेर) बालबालिका पढाउने अभिभावकले बालबालिका नफर्काएका हुन् । शैक्षिक सत्र सकिन लागेको बुझेपछि घरापायक नै भर्ना गराएको उहाँको भनाइ छ । सरकारी विद्यालयमा विद्यार्थी पढाउँदा छात्रवृत्ति पाउने, उच्च शिक्षामा विभिन्न अवसरमा सामेल हुन पाइने आश्वासनले पनि माथिल्ला कक्षामा संस्थागत विद्यालय छाड्ने गरेको कर्मचार्यको भनाइ छ ।

विद्यालयको तल्लो तहमा संस्थागत विद्यालयमा विद्यार्थी आकर्षित देखिए पनि माथिल्लो तहमा समेत सामुदायिक विद्यालयतर्फ नै कन्द्रित हुने गरेका छन् । कम शुल्कमा पठनपाठन हुने र पुस्तकको निःशुल्क व्यवस्था हुने भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी बढ्ने गरेका हुन् । यता जिल्ला शिक्षा तथा समन्वय एकाइ कार्यालयले भने निश्चित स्थानका विद्यार्थी बढेको बताएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४