Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डका राजनीतिक गुरु खम्बा सिंहको निधन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 3.3K
    SHARES

चितवन,/  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु खम्बा सिंह कुँवर (काजी)को ९५ वर्षको उमेरमा निधन भएको छ ।

चितवनको भरतपुरमा रहेको भरतपुर सङ्घीय अस्पतालमा उपचारका क्रममा कुँवरको आज बिहान निधन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।

कुँवर लामो समयदेखि प्रेसर, सुगरलगायतको दीर्घ रोगबाट पीडित थिए। उनि पछिल्लो समय निमोनिया र दुवै मृगाैलाले काम नगरेपछि अस्पताल भर्ना भएका थिए ।

कुँवरलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि अध्यक्ष पुष्पकमल दाहाल चितवन आउने कार्यक्रम छ । उनलाई पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिएपछि आजै देवघाटमा दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

कुँवरकाे जीवनयात्रा 

विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । विसं २०१५ मा चितवन झर्नु भएका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पिनु भएको थियो ।

उहाँलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं २०६९ मा नेपाल सरकारले उहाँलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो । जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उहाँ नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिनुभएको थियो ।

विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहनुभएका उहाँ त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेको उहाँ जीवितहुँदै राससलाई बताउनुभएको थियो ।

विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहनुभएका उहाँले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो । त्यसका प्रशिक्षक कुँवर हुनुहुन्थ्यो । प्रशिक्षार्थीमध्ये एक हुनुहुन्थ्यो ‘प्रचण्ड’ । त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता हुनुभएको बताइन्छ ।

विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहनुभएका खम्बासिंह जनयुद्धकालमा भूमिगत हुनुहुन्थ्यो । हाल उहाँ पार्टीको केन्द्रीय सल्लाहकार रहनुुभएको जिल्ला अध्यक्ष परियारले जानकारी दिनुभयो । उहाँका एक छोरा र चार छोरी हुनुहुन्छ । उहाँ परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४