Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पदमा टिक्न ओलीले संकटकाल पनि लगाउन सक्छन्–माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १२ २०७७
  • 4K
    SHARES

काठमाडौं, /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अर्का अध्यक्ष माधव नेपालले पदमा टिक्नका लागि प्रधानमन्त्री केपी ओलीले संकटकाल पनि लगाउन सक्ने आशंका गर्नुभएको छ ।

सोमबार पार्टी कार्यालय कोटेश्वरमा प्रदेश नं. २ का कार्यकर्ता भेटघाटमा नेता नेपालले प्रतिनिधिसभा भंग हुनै नसक्ने भन्दै प्रधानमन्त्री ओलीले चुनाव गराउने नभई संकटकाल लगाएर अथवा तानाशाही लादेर सत्तामा टाँसिरहने सोच रहेको दावी गर्नुभयो ।

आफूहरु गलत विचारविरुद्धको लडाईंमा रहेको भन्दै यो पद र कुर्सीको हानाथाप नभई पार्टीलाई विचार, विधि, पद्धतिमा चलाउने संघर्ष भएको जिकीर उहाँको थियो ।

अर्का नेता झलनाथ खनालले भने ओलीले समाजवादी बाटो छोडेर भद्दा पुँजिवादी उदारवाद अपनाएको आक्षेप लगाउनुभयो ।

प्रतिनिधिसभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशीता तथा गणतन्त्रमाथिको आक्रमण भएको भन्दै उहाँले प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिक्रान्तितर्फ लैजान खोजेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४