Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब टाउकोमै हान्ने खालको आन्दोलन हुन्छ–पुष्पकमल दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १२ २०७७
  • 2.3K
    SHARES

काठमाडौं, / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई हटाउन अबको आन्दोलन निर्णायक हुने दाबी गर्नुभएको छ ।सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दाहालले काठमाडौंमा टाउकोमै हान्नुपर्ने खालको निर्णायक आन्दोलन गर्न लागिएको जानकारी पनि दिनुभयो ।

जनकपुरमा गर्न लागिएको सभा रोकेर काठमाडौंमा सभा गर्न लागिएको र त्यसले छिनोफानो गर्ने भन्दै दाहालले केपी ओली समूहले गर्ने सभालाई भने पञ्च ¥यालीको संज्ञा दिनुभयो ।दाहालको भनाइ थियो, केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।’ओलीलाई ‘सामन्ती’को संज्ञा दिँदै दाहालले संविधान, गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका सामन्तीहरु लागिरहेको आरोप लगाउनुभयो ।

सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्ने षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने दाहालको भनाइ थियो ।पार्टी एकता गर्दा एक नम्बर र दुई नम्बर अध्यक्ष नभनिएको, प्रधानमन्त्री पनि आलोपालो गर्ने सहमति भएकोमा ओलीले नमानेर सहमति तोडेको भन्दै दाहालले अहिले पनि माधव नेपाल आफू बराबरी हैसियतको अध्यक्ष रहेको प्रष्ट्याउनुभयो ।बैठकको अध्यक्षता आलोपालो गरिने भन्दै उहाँले जसले बैठकको अध्यक्षता गर्छौँ उही एक नम्बरको हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४