Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज पनि सुनुवाइ जारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ११ २०७७
  • 2.5K
    SHARES

काठमाडौँ,/  प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेकाे भनी परेका १३ रिट निवेदनमाथि निरन्तर सुनुवाइ जारी छ । सर्वाेच्चकाे संवैधानिक  इजलासमा आज पनि रिट निवेदकका तर्फबाट नै कानून व्यवसायीहरूले बहस गर्दै छन् ।

यसअघि शुक्रबार पनि रिट निवेदकका तर्फबाट बहस भएकाे थियाे । बसह नसकिएपछि सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो । शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईं, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसादलगायतले रिट निवेदकहरूका तर्फबाट बहस गरेका थिए । आजकाे सुनुवाइमा पनि रिट निवेदकहरूकै वकिलले बहस गर्नेछन् ।

उक्त मुद्दामा दर्ता भएका १३ वटा रिटमध्ये शुक्रबारसम्म ५ वटा रिट निवेदनको सुनुवाइ सकिएको छ । अहिले सम्मका बहसमा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा विघटन पूर्णतः असंवैधानिक कदम भएकाले त्यसलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने र संसद पुनर्स्थापित हुनुपर्ने तर्क गरेका छन् । साथै बहस प्रधानमन्त्रीकाे विशेषाधिकारमा समेत केन्द्रित भएकाे थियाे, जसअनुसार संसद विघटनकाे अधिकार नेपालकाे संविधानले प्रधानमन्त्रीलाइ नदिएकाे तर्क उनीहरूले गरेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनकाे घाेषणा गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४