Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोटाङमा नेकपाका १ सय जना नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश, रविप्रकाशले गरे स्वागत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 2.6K
    SHARES

खोटाङ,/  खोटाङमा नेपाली कांग्रेसका युवा नेता रविप्रकाश राईले १ सय नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् । नेता राईले नेकपा परित्याग गरेकालाई काङ्ग्रेसमा प्रवेश गराएका हुन् ।

नेपाली काङ्ग्रेस केन्द्रीय सर्कुलर अनुसार देशव्यापी वडाहरुमा आयोजित वडा स्तरिय विरोध कार्यक्रमको अवसर पारेर खोटेहाङ गाउँपालिका वडा नं १ लिकुवापोखरी साथै वडा नं ३ सावाकटहरेमा नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिति सदस्य रविप्रकाश राईले अबिर र खादा ओढाएर नेकपाका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन।

नेता राईले सावा कटहरेमा ५५ जना साथै लिकुवापोखरिमा ४५ जनालाई पार्टीमा प्रवेश गराएका हुन। खोटाङ जिल्लामा नेकपाको गढका रुपमा चिनिएका वडाहरुबाट नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका कारण नेकपालाई ठूलो धक्का पुगेको छ। पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता राईले, कम्युनिष्टहरु कहिलै पनि विकास र जनताको समुन्नत विकासका पक्षमा नरहेको र यसको प्रमाण जनताले झण्डै दुई तिहाई मत दिएर पुर्ण विश्वासका साथ नेकपालाई निर्वाचित गराउदा समेत कम्युनिष्टहरु सत्ताको खेलमा सति गएको परिघटनाले पुष्टि गर्ने बताए।

जनता कोरोनाको पीडाले आक्रान्त हुदा कोरोना भाइरसको रोकथाममा आवश्यक किटहरुमा समेत भ्रष्टाचार गरेका कारण नेपालका कम्युनिष्टले कात्रोमा समेत भ्रस्टाचार गर्ने निती राखेको नेता राईले बताए।

नेता राईले थपे, ‘कम्युनिष्टलाई जनताले ऐतिहासिक अवसर दिएको तर उक्त अवसरलाई कम्युनिष्टहरुले वालुवामा पानी हाले सरह अर्थहिन मुल्यांकन गरेका छन् ।’  नेपाली जनताको विकास र समृद्धिको सहयात्री केवल नेपाली काङ्ग्रेस मात्र भएको कम्युनिष्टहरुले फेरि एकपटक पुष्टि गरिसकेका छन् ।

नवप्रवेशीहरुलाई ढाडस दिदै नेता राईले, यो देश विकासको यात्रामा काङ्ग्रेसको मुल बाटोमा समाहित हुँदै समुन्नत नेपाल निर्माणको अभियानमा जोडिएकामा शुभकामना दिदै नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे।

सभामा उपस्थित सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुलाई समेत धन्यवाद व्यक्त गर्दै नेता राईले देश विकासको काङ्ग्रेसको सपना साकार गर्न आफू नेतृत्व दिन तयार रहेको समेत सभामा जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४