Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भिजन एक्सलेन्स अवार्डबाट डा. सन्दुकसहित नेत्र विशेषज्ञहरु सम्मानित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 4.9K
    SHARES

काठमाडौं,/  भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत लगायत विशेषज्ञहरुलाई सम्मान गरिएको छ ।

आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भुमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट उहाँहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत सहित नेत्र विशेषज्ञहरु प्रा.डा. रामप्रसाद पोख्रेल र डा. गोपाल प्रसाद पोख्रेल हनुहुन्छ ।

नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले उहाँहरुलाई अवार्डबाट सम्मान गर्नुभयो ।

संघका अध्यक्ष प्रा.डा.चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उहाँहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताउनुभयो ।

सम्मानित डा. सन्दुक रुइत तिलगंगा इन्ष्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुनुहुन्छ भने प्रा.डा. रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापक मध्येका एक हुनुहुन्छ ।

त्यसैगरी डा. गोपाल प्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४