Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विघटनको ३३ दिनमा राजपत्रमा छापियो सूचना, मिति भने पुरानै, सर्वत्र आलोचना


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 5.3K
    SHARES

काठमाडौं । पुस ५ गते भएको प्रनिनिधिसभा विघटनको सूचना राजपत्रमा भने माघ ९ गते बिहीबार छापिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको बहस भइरहेको संवैधानिक इजलासमा अधिवक्ताहरुले प्रतिनिधिसभा विघटको सूचना राजपत्रमा प्रकाशित नभएको बताएपछि पुस ५ गतेको सूचना हतार हतार बिहीबार सार्वजनिक गरिएको हो ।

बिहीबार बिहानै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलको कार्यालयमा डाकिएको आपत्कालीन बैठकपश्चात त्यहीँबाट मुद्रण विभागलाई निर्देशन दिएर राष्ट्रपति कार्यालयले जारी गर्ने प्रतिनिधि सभा विघटनसम्बन्धी सूचनाको भाषासमेत टिपाई वेबसाइटमा पुस पाँच गतेकै मितिको सूचना निकालिएको हो ।

बुधबार संवैधानिक इजलासले राजपत्रमा छापिएको सूचना मगाएको थियो । राजपत्रको सूचना मगाएसँगै बहस चलिरहेको अवस्थामा महान्यायाधिवक्ता खरेल बहसबाट उठेर जानुभएको थियो । शुक्रबार बसिरहेको संवैधानिक इजलासमा महान्यायाधिवक्ता खरेलले बिहीबार बिहान प्रकाशित गरिएको राजपत्रको सूचनाको प्रिन्ट प्रति बुझाउनुभएको हो ।

अदालतले यसलाई स्वीकार गरेको छ । अब अदालतले चाहेको खण्डमा सूचना पुस ५ गते नै छापिएको हो वा पछि छापेर मिती सच्याइएको भन्नेबारे प्रमाण माग्नसक्छ । कतिपय कानुनविदले यसलाई अदालतलाई गुमराहमा राख्ने चेष्टाको संज्ञा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४