Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको सवारी आवागमन अस्तव्यस्त, यी स्थानको यात्रा गर्दै नगर्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको नेकपाले काठमाडौंमा गर्न लागेको विरोध सभाका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ ।

विरोध सभा र प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएपछि महानगरीय ट्राफिक प्रहरीले अहिले सवारी साधनलाई डाइभर्सन गरिरहेको छ ।

काठमाडौं उपत्यकाको तिनकुने, गौशाला, सिनामंगल, नारायणगोपालचोक, गोंगबु, बालाजु, कलंकी, बल्खु र सातदोबाटोबाट रिङरोडभित्र आउने ठूला तथा भाडाका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ ।

त्यस्तै पद्मोदयमोड, पुतलीसडक, कमलादी मोड, महेन्द्र शालिक, त्रिपुरेश्वर, सिंहदरबार, केशरमहल, संग्रहालय दक्षिणगेटबाट रत्नपार्कतर्फ र खुल्लामञ्चतर्फ जाने सम्पूर्ण सवारी साधनलाई डाइभर्सन गरीएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

माइतीघरबाट सिंहदरबारतर्फ आउने र लोत्सेचोकबाट कमलपोखरी डिल्लीबजार हुँदै पुतलीसडकतर्फ आउने सवारीलाई पनि डाइभर्सन गरिएको छ । विभिन्न स्थानबाट रत्नपार्कको लागि ¥याली भइरहेकाले सवारी साधनलाई डाइभर्सन गरिएको हो ।

डाइभर्सनका कारण यतिबेला कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, जयनेपाल, लोत्सेचोक, डिल्लीबजार, मैतिदेवी, कमलादीमोड, गल्कोपाखा र केशरमहल चोकमा सवारी साधनको चाप छ ।

रिङरोड भित्रका मुख्य चोक भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्गको प्रयोग गरीयात्रा गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४