Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अविश्वास प्रस्तावबारे बाग्मतीका कांग्रेस नेता भन्छन् : हामी बीच्च बीच्चमा हो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 4.1K
    SHARES

हेटौंडा । बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले नेपाल कम्युनिस्ट पार्टीको दुई समूहको झगडामा आफूहरु केही बोल्ने अवस्थामा नरहेको बताएका छन् ।

‘अहिले नेपाली गीतजस्तै ‘हामी पनि नाच्ने हो बीच्च बीच्चमा’ भन्ने अवस्थामा छौं, आधिकारिक निर्णय केही भएको छैन, प्रदेश संसदीय दलको बैठक बसेर निर्णय लिन्छौं’ उनले प्रदेशसभामा कांग्रेसको भूमिकाबारे जन न्युज नेपाल खवरलाइ  भने ।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाकै प्रचण्ड माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको छ । अविश्वास प्रस्ताव सफल वा असफल हुन नेपाली कांग्रेसको साथ चाहिने स्थिति छ । त्यसैले नेकपाको दुबै पक्ष कांग्रेसको निर्णय छिटो आओस् भन्ने आशामा छ ।

नेकपाको कुन समूहलाई समर्थन गर्ने भन्ने निर्णय कांग्रेसले गरिसकेको छैन । नेता बानियाँले प्रदेशसभामा मत विभाजनको कार्यविधि बन्ने समयसम्म निर्णय गर्न नहतारिने बताए । ‘अहिले दुई तिहाइको सरकारले राष्ट्र सञ्चालन गर्न नसकेको, संविधानको मर्म विपरीत सरकार गएको भन्दै खबरदारी गर्ने अभियानमा छौं’ उनले भने ।

  • मत विभाजनमा ‘नो भोट’ राख्न सुझाव

अविश्वासको प्रस्तावबारे मत विभाजन प्रक्रियालाई सहज बनाउन निर्माण गर्न लागिएको कार्यविधिमा नो भोट (कुनै पक्षलाई पनि मत नदिने) व्यवस्था गर्न ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ले सुझाव दिएको छ ।

सभामुख सानुकुमार श्रेष्ठको अगुवाइमा गठन भएको नौ सदस्यीय कार्यविधि मस्यौदा निर्माण समितिको बैठकले अविश्वासको पक्ष, विपक्ष र तटस्थ बस्न पाउने गरी व्यवस्था गर्न सुझाएका छन् । ‘मस्यौदा निर्माण अन्तिम चरणमा छ । प्रतिनिधिसभामा नो भोटको व्यवस्था रहेको छ । सोही अनुसार हामीले सुझाव दिएका हौं’ नेता बानियाँले बताए ।

मस्यौदा समितिमा नेकपाका मुख्य सचेतक केशवराज पाण्डे, सचेतक बुद्धिमान माझी, नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङ दोर्जे लामा, सांसद राजेन्द्र पाण्डे, गणेश दुलाल, रिता माझी, रिना गुरुङ, शोभा शाक्य र प्रदेशसभाका सचिव कृष्णहरि खड्का रहेका छन् । मस्यौदा समितिको म्याद नतोकिएको भएपनि तीन दिनभित्रमा मस्यौदालाई टुंग्याउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४