Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बन्द कोठाको खासखुसले अदालत प्रभावित नहोस् : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 3K
    SHARES

बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दापछि सर्वोच्चमा पुगेपछि अदालत परीक्षामा रहेको भन्दै नेता थापाले संविधानमा टेकेर निर्णय गर्न न्यायाधीशहरुसंग आग्रह गरे ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले बुटवलमा गरेको सभामा बोल्दै थापाले बन्द कोठाभित्रको खासखुस र बाहिरको कुराले अदालत प्रभावित हुन नहुनेमा जोड दिए ।

‘अदालत यतिबेला परीक्षामा छ, यसप्रतिको आस्था र विश्वास रहोस्’–थापाले भने, ‘बन्द कोठाभित्रको खासखुस र बाहिरको हल्लाले अदालत प्रभावित नहोस् ।’

अमेरिकामा डोनाल्ड ट्रम्पले नियुक्त गरेका न्यायाधीशहरुले उनले भने अनुसार फैसला नगरेर आफ्नो धर्म नछाडेको उदाहरण दिंदै थापाले भने, ‘यहाँ पनि धर्म नछाडियोस्, संविधानमा टेकेर विवेक पु¥याएर न्याय गरियोस् ।’ संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै नेता थापाले न्यायाधीशहरु संविधानप्रतिको कर्तव्यबोधले मात्रै प्रभावित हुनुपर्ने आग्रह गरे ।

‘संविधानमा कहीँ कतै बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन । त्यसैले पनि पूर्वप्रधानन्यायाधीशहरू समेत एक ठाउँमा उभिएर बोलेका हुन्, यसबाट पनि प्रष्ट हुन्छ कि ओलीको कदम असंवैधानिक मात्र होइन अनधिकृत पनि हो’ उनले भने ।

सर्वोच्च अदालते संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले संसद पुनःस्थापना भएपछि मात्र चुनावको कुरा गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य थापाले संसद विघटनसम्बन्धी मुद्दाको फैसला छिटो गर्न पनि आग्रह गरे । ‘अहिले पुनःस्थापना कि चुनाव भन्ने होइन, संविधानको पक्षमा हो कि हैन भन्ने हो’–पार्टी नेतृत्वप्रति इंगित गर्दै थापाले भने–‘संसद पुनःस्थापना भएपछि मात्रै चुनावको कुरा आउँछ ।’

प्रधानमन्त्री ओलीको अहंकारका कारण प्रतिनिधि सभा विघटन गरेर देशलाई दुर्घटनातर्फ लगेको बताउँदै उनले जनतामाझ माफी माग्नुपर्ने औंल्याए । ओलीमा योग्यता र सपना होइन, अहंकार र खोक्रो विश्वास मात्र भएको थापाले टिप्पणी गरे ।

  • नेतृत्वलाई स्पष्ट हुन कार्यकर्ताको आग्रह

सभामा कांग्रेस रुपन्देही–२ का क्षेत्रीय सभापति हरि लम्सालले पार्टी नेतृत्वले एकातिर संसद विघटनलाई असंवैधानिक कदम भनेर आन्दोलन गर्ने अर्कोतिर चुनावको तयारीमा लागौं भन्ने गर्दा कार्यकर्तामा अस्पष्टता र अन्योल सिर्जना भएको बताए ।

आउँदो केन्द्रीय समिति वैठकमा यसबारेमा स्पष्ट निर्णय लिन सभापति लम्सालले केन्द्रीय सदस्य थापासंग आग्रह गरे । ‘मूल नेतृत्वको द्वैध चरित्र र कुराले तल अलमल र अन्यौल भएको छ’ सभापति लम्सालले भने, ‘दुई वटा भाषा नबोलियोस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४