Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोप खरिदका लागि भारतका पूर्वसर्तहरू मान्न तयार छौं– प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप खरिदका लागि भारतको पूर्वसर्तहरू मान्ने बताउनुभएको छ ।

बिहीबार बालुवाटारमा भारत सरकारको तर्फबाट राजदूत विनयमोहन क्वात्राले उपहारस्वरूप दिएको १० लाख डोज खोप बुझ्दै उहाँले खोप खरिदका लागि पूर्वसर्तहरु भए मान्ने बताउनुभएको हो ।

‘नेपाललाई थप ४० लाख डोज खोप आवश्यक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ, छलफल गर्न आवश्यक छ ।’ उहाँले नेपालले आवश्यक खोपहरू खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरू भए मान्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरू पनि उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रूपमा रहेको उल्लेख गर्दै यसले दुई देशबीचको एकतालाई देखाएको बताउनुभयो ।

यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताउनुभयो । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४